‘केभिआर स्टेज रेस च्यालेन्ज’मा लोकेन्द्र र सोनिमा बिजयी

पोखरा स्पोर्टस । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो १ सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।

फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारीत दुरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ तीन घन्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र राम चन्द्र महतारा चार घन्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन् । यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाच घन्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

सो स्टेज रेस च्यालेन्सको पाचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धाविकधाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता हरुलाई पुरस्कार प्रदान गरेका थिए ।

मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गते सम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close