गण्डकीको पुरूष रग्बी टोली चितवन प्रस्थान

पोखरा स्पोर्टस । गण्डकीको पुरूष रग्बी टोली एक प्रतियोगितामा सहभागिता जनाउन बिहिबार चितवन प्रस्थान गरेको छ ।

गोर्खाली रग्बी  सेभेन्स पुरूष राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गण्डकीको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चितवन प्रस्थान गर्नु अघि टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङले बिदाई गरेका थिए ।

शुक्रबारबाट सुरू हुने प्रतियोगितामा गण्डकी टोलीको कप्तानी विराट श्रेष्ठ रहेका छन् । त्यसै गरी उपकप्तानमा संगम लामिछाने रहेका छन् भने अन्य खेलाडीहरुमा अनिश तामाङ, मोशेस कुमाल, आयुष गुरूङ, अजित खड्का, विराज तामाङ, अञ्जन महर्जन, डानियल सुनार, अनिश विक, जलन पुन, प्रविन पुन, नविन कुमाल रहेका छन् भने टिम प्रशिक्षकमा दिपेन्द्र अर्याल र व्यवस्थापकमा विधान देउजा रहेको कास्की रग्बीका अध्यक्ष सुवास खड्काले जानकारी दिए ।

प्रतियोगितामा दुई विभागियसहित पाँच प्रदेशको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close