हिसान गण्डकी फुटसल : गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सले जिते उपाधि

पोखरा स्पोर्टस । हिसान गण्डकी प्रदेशस्तरीय  फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्स कलेजले जितेका छन् । कास्की मोर्डनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोर्डनाइजका लागि इसान्त पुनले एक गोल गरे ।

उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगैँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो ।

उपविजेता बनेको कास्की मोर्डनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफि प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने । त्यसै गरी हाइस्कोरर कास्की मोर्डनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोर्डनाइज कै कुसल गिरी बन्न सफल भए ।

कलेजतर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । इन्फोम्याटिक्स कलेजका नारयण पुनले ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए ।

इन्फोम्याटिक्स कलेजले उपाधि सगैँ नगद २० हजार, मेडल, ट्रफि प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफिमा चित्त बुझायो ।

प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गरेको थियो ।

बिजयी खेलाडीलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, हिसानका उपाध्यक्ष बाबुराम पन्त, गण्डकीका संस्थापका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिब डिल्लिराम अधिकारी, युआरएलका अध्यक्ष ठाकुर पन्थी, प्रवन्धक गणेश कोइराला, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, सल्लाहाकार सन्तोष पराजुली लगाएतले नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close