
पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालयतर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोर्डनाइज, गुरुकुल विद्यासदन र अरनिको स्कुल, तनहुँ सेमिफाइनलमा प्रबेश गरेका छन् ।
सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्ड्रेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइनल प्रबेश गरेको छ । निर्धारित समयमा दुबै तर्फबाट ३–३ गोल भएपछि खेल टाइव्रेकरमा पुगेको थियो ।
अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले टप्स माविलाई हराएको छ । निर्धारित समयमा १–१ गोल भएपछि खेल टाइव्रेकरमा पुगेको थियो । टाइव्रेकरमा कास्की मोर्डनाइजले टप्सलाई ४–१ गोलले हरायो ।
त्यसै गरी गुरुकुल विद्यासदनले सुर्योदय इङलिस बोडिङ स्कुललाई ४–२ गोल अन्तरले हरायो । सोमबार नै भएको अर्को खेलमा अरनिको इङलिस स्कुल तनहुँले डायमण्ड सेकेन्डरी स्कुललाई ३–० गोल अन्तरले हरायो ।
कलेज तर्फको फुटसलमा ला ग्राण्डी इन्टरनेशनल कलेजले माउन्ट अन्नपुर्ण क्याम्पसलाई ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको छ । अर्को खेलमा इन्फोम्टिक्स कलेजले पोखरा लिकंन इन्टरनेस्नल कलेजलाई ३–० गोल अन्तरले हराउदै सेमिफाइनको यात्रा तय गरेको छ ।
पोखरा कलेज अफ म्यानेजम्यान्टले सोच कलेज अफ आइटिलाई ४–३ गोल अन्तरले हराउदा इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–३ गोल अन्तरले नै हराउदै सेमिफाइनलमा प्रबेश गरेका छन् ।
फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।
कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गरेको छ ।
