पोखरा रंगशाला पर्खाल निर्माणमा सहयोग गर्नेहरुलाई परिषदको स्वागत

पोखरा स्पोर्टस । पोखरा रंगशाला निर्माण सम्पन्न गर्न अहम भूमिका निर्वाह गर्ने यूकेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले स्वागत गरेको हो । पोखरा रंगशाला पर्खाल निर्माणका लागि तत्कालिन यूकेका संयोजक सूर्य गुरूङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरूङलगायतको टोलीलाई स्वागत गरेको हो ।

तमु धिं युकेले पर्खाल निर्माणको क्रममा गेट नं ६ निर्माण गरेको थियो । जसको गेटको नामाकरण तमु धिं एशोसियसन युके रहेको छ । सोही गेटमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङ, सदस्य सचिब श्रीधर शर्मा, परिषदका सदस्य केशव पाठक, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, जिल्ला खेलकुद कास्कीका कार्यबहाक अध्यक्ष केशव बहादुर थापा, जिल्ला कोषाध्यक्ष अभिषेक थापा, जिल्ला खेलकुदका सदस्य विग्नेश थापा, मनिषा गुभाजु, राजन बडगामी, जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामाले स्वागत गरेका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै परिषदका उपाध्यक्ष गुरूङ गण्डकी प्रदेशको खेल चलायमान बनाउन गैर आवाशिय नेपालीहरुको सहयोग महत्वपूर्ण रहेको जनाउँदै पर्खाल निर्माणको सहयोग यहाँको खेलकुद विकासका लागि संधै अविस्मरणिय हुने बताए ।

कार्यक्रममा सदस्य सचिव शर्माले नेपाली खेलकुदको जगलाई बलियो बनाउन गैर आवाशिय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको जनाउँदै अब परिषदले पर्खाल संरक्षण अघि बढाउँदै दाताहरुको सहयोगलाई स्मरणिय बनाउन पहल गर्ने बताए । उनले विकसित प्राविधिक विषयलाई आदान प्रदान गर्न सके यहाँको खेलकुद विकासका लागि महत्वपूर्ण हुने बताउँदै त्यसमा लागि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पर्खाल निर्माण समिति यूकेका संयोजक सूर्य गुरूङले नेपाल भूतपूर्व खेलाडी मञ्चको आह्वानमा सम्पन्न भएको पर्खाल निर्माण सबैका लागि एक गौरव लाग्ने सहयोग रहे पनि पर्खालको संरक्षणका लागि सरकारको ध्यान जानु पर्ने उल्लेख गरे ।

त्यस्तै तमुधिं युकेका अध्यक्ष जुमकाजी गुरूङले तमु धिंले गरेको सहयोगलाई जिवन्त बनाउन पर्खाल निर्माण संगै तमु धिंको गेट स्मरणिय रहेको बताए ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम गुरूङले गैरआवाशिय नेपाली र संस्थाहरुले यहाँको विकासका लागि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै दाताहरुको संरक्षण र सम्वर्द्धनमा समेत उत्तिकै ध्यान जानुपर्ने कुरा औंल्याए । कार्यक्रममा तमु धिं नेपालका संयोजक मेजर लक्ष्मी प्रसाद गुरूङले दाताहरुलाई बोलाएर स्वागत गर्नु महत्वपूर्ण रहेको जनाए ।

प्रदेश खेलकुद परिषद गण्डकीले केही दिन अघि मात्रै पर्खाल निर्माणमा योगादान दिनेहरु र निर्माण समितिलाई सम्मान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close