आहा ! रारा पोखरा गोल्डकप : विशेष दिनको खेलमा नेपाल पुलिस उपाधि नजिक

पोखरा स्पोर्टस । आहा रारा पोखरा गोल्डकपको विशेष दिनको खेलमा विभागिय टोली नेपाल पुलिस उपाधि नजिक पुगेको छ ।

पोखरामा बुधबार सम्पन्न सेमीफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । पुलिसलाई उपाधि नजिक पुर्‍याउन सन्जिव लामाको गोल निर्णायक बन्यो ।

आहा रारा पोखरा गोल्डकपमा ६ पटकको उपाधि जितेको र चार पटको उपविजेता पुलिसको यो फाइनल यात्रा भने २०७६ पछि मात्रै हो ।

खेलको दोस्रो हाफको ५८औं मिनेटमा सन्जिवको करिब २५ यार्ड टाढाबाट कडा प्रहार गोलमा परिणत भयो । सन्जिवको प्रहारमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा समेत झुक्किए । 

उपाधिका लागि नेपाल पुलिसले थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच भोली शुक्रबार हुने सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close