एउटा अर्को कोशेढुंगा : आहा ! रारा पोखरा गोल्डकपको २५० औं खेल !

साँच्चै यसको अर्थ के त ? फुटबल मात्र होइन्, सबै खेलमा यसरी खास संख्याको खेललाई राम्रै अवसरको रूपमा मनाउने चलन छ । त्यस अर्थमा पनि यो खेलको अर्थ रहने नै भयो । तर नेपाली फुटबलको दृष्टिकोणले यसको अर्थ अझ विशेष छ । सबैलाई थाहा छ, नेपाली फुटबलमा मोफसलका प्रतियोगिताको धेरै ठूलो महत्व छ । जति जति बेला मूलधारको नेपाली फुटबलले बाटो विराउने गर्छ, त्यति बेला तिनै मोफसलका प्रतियोगिताले त यसलाई जीवन्त राखेको । 

पोखरा स्पोर्टस । खेलाडी जत्तिकै ‘लिजेन्डरी’ किन नहोस, उनको एउटा सुरुआत हुने नै गर्छ । र, त्यो सामान्य नै हुने गर्छ । फुटबलको प्रतियोगिता पनि त्यस्तै त हो । आहा रारा गोल्डकप वर्ष ०५८ मा क्याराभान गोल्डकपका रूपमा सुरु हुँदा पछि गएर मोफसलमा हुने फुटबलका प्रतियोगिताध्ये यसले ‘लिजेन्डरी’ स्वरूप लिनेछ भनेर कसेले मात्र सोचेका थिए होला र ? जति जति बेला हामी ती पुराना संस्करणसंग आवद्ध हुने मौका पाएकासंग कुरा गर्छौ, अनेक किस्सा कहानी सुन्न पाउँछौं ।

तर यति भन्दा भन्दै पनि यी मोफसलका सबै फुटबल प्रतियोगिता कहा ठीक तरिकाले संचालन हुने गर्छन् र ? सबैभन्दा ठूलो समस्या त के भने यी प्रतियोगिता नियमित सञ्चालन हुँदैनन् । अनि जति बेला प्रतियोगिताको नियमित सञ्चालन हुँदैन्, त्यसले आफ्नो साख गुमाउँछ । धन्न, आहा रारा यसमा अपवाद छ । वर्ष ०५८ देखि सुरु भएको यो प्रतियोगिता कुनै पनि वर्ष आयोजनाको क्रम टुटेको छैन् । त्यसैले यो विशेष छ, यसको धेरै महत्व छ ।

कसरी द्वन्द्वका बेला खेल भए, कसरी घनघोर वर्षाबीच दर्शकले छाता ओधेर खेल हेरे, कसरी खेलकै बीचमा घोडा चढेर कोही मैदानमै आए, अनि कसरी कोही मोटरसाइकलमै खेलकै बेला मैदानसम्म पुगे, अनगिन्ती रमाइला कथा छन् । अनि होलीकै बीच फाइनल भयो, कसरी खेल हेर्न आएका दर्शक धेरै हुँदा आत्तिने बेला थियो, ती पनि कम्तीका कथा होइनन् । र, भुकम्प तथा कोरोना महामारीको समय यो प्रतियोगिताले कसरी समय काट्यो, ती भने बहादुरीका कथा हुन्, दुस्साहको कथा भन्दा पनि हुन्छ ।

पुलिस र चर्च ब्वाइजबीच हुने यसपल्टको प्रतियोगिताको पहिलो सेमिफाइनलले बुधबार एउटा अर्को कोशेढुंगा उपलब्धी चुम्दा त्यो तिनै कथाहरूको शृंखलामा जोडिनेछ । नाममै के छ र ? केहीले दार्शनिक पाराले यस्तै भन्ने गर्छन् । तर होइन्, नामले धेरै अर्थ राख्छ । अनि खेलको गन्तिले पनि के नै अर्थ राख्न सक्छ र ? यस्तै भन्नेहरू पनि होलान् । तर यो पनि होइन्, खेलको गन्तिको पनि ठूलै अर्थ हुन्छ । जति बेला पोखरा रंगशालामा यो पहिलो सेमिफाइनल हुनेछ, यो प्रतियोगिताकै २ सय ५० औं खेल हुनेछ ।

साँच्चै यसको अर्थ के त ? फुटबल मात्र होइन्, सबै खेलमा यसरी खास संख्याको खेललाई राम्रै अवसरको रूपमा मनाउने चलन छ । त्यस अर्थमा पनि यो खेलको अर्थ रहने नै भयो । तर नेपाली फुटबलको दृष्टिकोणले यसको अर्थ अझ विशेष छ । सबैलाई थाहा छ, नेपाली फुटबलमा मोफसलका प्रतियोगिताको धेरै ठूलो महत्व छ । जति जति बेला मूल धारको नेपाली फुटबलले बाटो विराउने गर्छ, त्यति बेला तिनै मोफसलका प्रतियोगिताले त यसलाई जीवन्त राखेको ।

तर यति भन्दा भन्दै पनि यी मोफसलका सबै फुटबल प्रतियोगिता कहा ठीक तरिकाले संचालन हुने गर्छन् र ? सबैभन्दा ठूलो समस्या त के भने यी प्रतियोगिता नियमित सञ्चालन हुँदैनन् । अनि जति बेला प्रतियोगिताको नियमित सञ्चालन हुँदैन्, त्यसले आफ्नो साख गुमाउँछ । धन्न, आहा रारा यसमा अपवाद छ । वर्ष ०५८ देखि सुरु भएको यो प्रतियोगिता कुनै पनि वर्ष आयोजनाको क्रम टुटेको छैन् । त्यसैले यो विशेष छ, यसको धेरै महत्व छ ।

मोफसलमा हुने प्रतियोगिताको स्वरूपलाई विश्लेषण गर्दा भन्नै पर्छ, यस्ता प्रतियोगिता पहिलो पटक आयोजना गर्नु त सजिलै हुन्छ । तर यसलाई नियमिता दिनु गाह्रो हुन्छ । गर्दै जाँदा त समस्या आउने हो, नगर्दा के को समस्या, केही पनि टाउको दुखाइ हुन्न । आहा राराले भने अहिलेसम्मको यात्रामा निरन्तरता मात्र दिएको छैन्, उत्तिकै आरोह अवरोह पनि देख्नु परेको छ । यसबीच ‘ओहो’ भनेर खुसी मनाउने क्षण पनि आएको छ र यो यही २ सय ५० औं खेल हुनेछ ।

यहा“निर सबैभन्दा महत्वपूर्ण आँकडा के भने मोफसलमा हुने फुटबलका प्रतियोगितामध्ये कसैले २ सय ५० औं खेल छोएको छ भने यो यही आहा रारा मात्र हो, अरू छैन् । त्यसै पनि नेपालमा फुटबलको इतिहास कमजोर छ । त्यसैले कसैले पनि यस्तै हो भनेर दाबी गर्न सक्दैन् । तर नियमित प्रत्येक वर्ष आयोजना भएर कोही एक गोल्डकपले २ सय ५० खेलको आँकडालाई छुन लागेको छ भने त्यो यही प्रतियोगिता मात्र हो । यति ठोकुवा गरेर भन्न सकिन्छ ।

त्यसैले पुलिस र चर्च ब्वाइजबीचको खेल विशेष बनेको छ । प्रतियोगिताको इतिहासमै सबैभन्दा पहिलो खेल भएको थियो, सहारा ह्वाइट र नक्सालबीच । त्यसपछि प्रतियोगिताको ५० औं खेल रह्यो, मनाङ मस्र्याङ र पुलिसबीच । अनि सयौं खेलमा भिडे, सहारा र धान । जति बेला खेलको संख्याले १ सय ५० छोएको थियो, त्यति बेला मैदानमा उत्रने टिम थिए, थ्री स्टार र झापा । मनाङ र झापा दुई सयौं खेलमा पनि भिडे । अब पालो २ सय ५० औं खेलको ।

(हिमेश कान्तिपुर दैनिकका पत्रकार हुन् । उनले यो लेख सहारा क्लबका लागि तयार पारेका हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close