आहा! रारा पोखरा गोल्डकप : उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स सेमीफाइनलमा

पोखरा स्पोर्टस । पोखरामा जारी २४औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स सेमीफाइनलको यात्रा बनाएको ।

पहिलो पटक पोखराको मैदानमा खेलेके ब्ल्याक बुल्सले खेलको पहिलो हाफमा एक गोलले अग्रता लियो । त्यस्तै दोस्रो हाफमा थप २ गोल गर्दै जितलाई शुनिश्चित गरेको थियो ।

खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सका इस्लोम्जन अब्दुकोडिरोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए भने ७५औं मिनेटमा शाब्कात्जोनले डी–बक्स बाहिरबाट तेस्रो गोल गर्दै सेमीफाइनल यात्रा सुरक्षित गरे ।

आजको खेल संगै आहा! रारा पोखरा गोल्डकपमा सेमिफाइनल समीकरण पूरा भएको छ । ब्ल्याक बुल्ससहित नेपाल पुलिस क्लब, चर्च ब्बाइज युनाइटेड र थ्रीस्टार सेमिफाइनलमा पुगेका छन् ।

भोली बुधबार पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close