
पोखरा स्पोर्टस । पोखरामा जारी आहा रारा गोल्डकपअन्तर्गत आइतबार फ्यान अफ दि म्याच अतिथी गुरूङ बन्न सफल भइन् ।
दैनिक प्रतियोगिताको अवलोकन गर्न आउने दर्शकहरु मध्येबाट उनले नगद रु २ हजार ५ सय पुरस्कार जित्न सफल भइन् । एफएनपिजेमा आवद्ध फोटो पत्रकारको आँखामा उनी पर्न सफल भएकी हुन् ।
आइतबार मछिन्द्र र थ्रीस्टार फुटबल क्लबको खेलमा उनको फोटोले फुटबल प्रतिको उच्च मोहलाई दर्शाउँछ । उनले राष्ट्रिय महिला खेलाडीको फोटो अंकित गर्दै हातमा लिएको पोष्टर निकै उत्कृष्ट छ ।
आहा रारा पोखरा गोल्डकप हेर्न आउने दर्शकहरुको चाहना र दर्शकहरुमा उत्साह भने सहारा युकेले सो पुरस्कारको व्यवस्था गरेको हो ।
