
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) भवनमा सरकारको हस्तक्षेप भएको भन्दै नेपाल ओलम्पिक कमिटिले भत्सर्ना गरेको छ ।
आसन्न १४ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी बैठक बोलाएको एनओसीले बैठक सुरू हुनु अगावै सरकारले हस्तक्षेप गरेको भन्दै विज्ञप्तीमार्फत भत्सर्ना गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदले एनओसीको विधान संसोधन र निर्वाचनलाई मान्यता दिएको छैन । राखेपको ११९ औं बोर्ड बैठकले विधान संसोधन र निर्वाचनमा सहभागि हुने खेल संघका पदाधिकारीहरुलाई यस बारे स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको थियो ।
यता एनओसीले सरकारको कार्यको तिखो रुपमा आलोचना गर्दै सरकारी हस्तक्षेपले खेलकुद अन्यौलता र अस्थिरतामा प्रवेश गरेको जनाएको छ । गैर कानुनी रपमा गरिएको हस्तक्षेपको विरोध गर्दै १४ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको सहभागिताका समवन्धमा समस्या उत्पन्न भएमा सरकार जिम्मेवार हुने विज्ञप्तीमा उल्लेख छ ।
प्रेस विज्ञप्तीको पूर्णपाठ
