
पोखरा स्पोर्टस । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन् ।
पा्ेखरामा शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन भोलि (सोमबार) महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका रहेको प्रतियोगिताका रेफ्रि संयोजक एवं एभिसी अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापाले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
यसरी हुनेछन् लिग चरणका खेलहरू
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने छन् । अब लिग चरणका खेल हुनेछ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । दोस्रो खेल महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबबिच हुने भएको थापाले जनाएका छन् । उक्त खेल बिहान पौने ११ बजे सुरु हुनेछ ।
यस्तै गरी पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ भने चौथो तथा अन्तिम लिग पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशले टिपटप हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।
