आहा ! रारा गोल्डकप : ‘फ्यान अफ दि म्याच’लाई नगद पुरस्कार

पोखरा स्पोर्टस । २४ औं आहा ! रारा पोखरा गोल्डकपमा ‘फ्यान अफ दि म्याच’लाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कार वापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो ।

सहारा युकेका महासचिव क्या.पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

२४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हुँदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङले २५ हजार, लोक गुरुङले २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङले १५ हजार ५ सय ५५ र राम गुरुङले १५ सय १ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङ ‘साइला’ले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।

सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो ।

आहा रारा पोखरा गोल्ड कप यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । १२ टिम सहभागि हुने प्रतियोगिताको क्लबले तयारी तीव्र पारेको अध्यक्ष केशवराज बरालले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो ।

क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । हरेक वर्ष प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्च गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए । तर गत वर्ष आयोजकले घाटा व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close