पोखरा कप राष्ट्रिय पुरूष बास्केटबल : गण्डकी र बागमती फाइनलमा भिड्ने

पोखरा स्पोर्टस । पोखरा कप राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिताको उपाधि भिडन्तमा आयोजक गण्डकी प्रदेश र बागमती प्रदेश भिड्ने पक्का भएको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा जारी प्रतियोगितामा मंगलबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सम्पन्न सेमीफाइनलमा गण्डकीले कर्णालीलाई १९ का विरुद्ध ११६ स्कोरले जित हासिल गरेको हो ।

यता बागमतीले लुम्बिनीलाई ७८–३६ स्कोरले पराजित गर्दै उपाधि भिडन्तमा गण्डकी संग भेट पक्का गरेको छ । यस अघि लुम्बिनीले मधेश प्रदेशलाई संघर्षपूर्ण खेलमा ७२–६९ को स्कोरले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगिता अन्तर्गत भोली (बुधबार) तेस्रो र फाइनल खेलहुने गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरूङले जानकारी दिएका छन् ।

राष्ट्रियस्तरको पुरुष बास्केटबल प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिको पहिलो राष्ट्रिय बास्केटबल प्रतियोगिता समेत हो । भोलीसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद रु १ लाख ११ हजार १११, उपविजेतालाई नगद रु ६६ हजार ६६६ र तेस्रो हुने टिमलाई नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रदेश खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका संघका अध्यक्ष गुरूङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close