गण्डकी प्रदेशका खेलाडीसहित खेल क्षेत्र विभुषित हुने, कार्यविधि पारित

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका खेलाडीसहित खेल क्षेत्र विभुषित हुने भएका छन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्वन्धि कार्यविधि–२०८१’ पारित गरे संगै खेलाडीसहित खेल क्षेत्रमा कार्यरतहरु विभुषित हुने भएका हुन् ।

प्रदेश खेलकुद पदकबाट को–को हुन्छन् विभुषित
कार्यविधि पारित भए संगै प्रदेश खेलकुद पदकबाट हरेक वर्ष २१ जना विभुषित हुनेछन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकुदमा विशेष योगदान दिएका व्यक्ति, रेफ्रि, व्यवस्थापक, अफिसियल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजक संस्था, प्रायोजक संस्था, खेलकुद प्रतियोगिताहरुमा सहयोग गर्ने संघ–संस्था, खेल पत्रकार तथा सञ्चार गृह एवं खेलाडी कल्याणकारी कोषका सहयोगीलाई विभुषित गरिनेछ ।

नेपाली खेल क्षेत्रमा पहिलो पटक खेलाडीसहित खेल क्षेत्र विभुषित गर्ने ‘प्रदेश खेलकुद पदक’ ले विभुषित हुने भएका छन् । मन्त्री परिषदको बैठकले कार्यविधि पारित गरे संगै “गण्डकी प्रदेश खेलकुद पदक, खेलकुद क्षेत्रमा नयाँ आयाम !” भन्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्–“अब हामी खेलकुद क्षेत्रका सम्पुर्ण पदाधिकारी, खेलकर्मी र खेलप्रेमी ज्युहरुबाट यस्को गरिमा र ब्यवस्थापन गर्ने कार्यमा सबैको सहयोग प्राप्त हुने बिश्वास लिएको छौं ।” कार्यविधि स्विकृत प्रदान गरेर खेलाडीहरू तथा खेलक्षेत्रको हौसला बढाउन सरकारले गरेको निर्णयका लागि उनले प्रदेश सरकार प्रति सदस्य सचिब शर्माले आभार समेत व्यक्त गरेका छन् ।

प्रदेश खेलकुद पदकबाट को–को हुन्छन् विभुषित
कार्यविधि पारित भए संगै प्रदेश खेलकुद पदकबाट हरेक वर्ष २१ जना विभुषित हुनेछन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकुदमा विशेष योगदान दिएका व्यक्ति, रेफ्रि, व्यवस्थापक, अफिसियल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजक संस्था, प्रायोजक संस्था, खेलकुद प्रतियोगिताहरुमा सहयोग गर्ने संघ–संस्था, खेल पत्रकार तथा सञ्चार गृह एवं खेलाडी कल्याणकारी कोषका सहयोगीलाई विभुषित गरिनेछ ।

प्रदेश खेलकुद परिषद गण्डकीले सञ्चालन गर्ने प्रदेश खेलकुद पदकको संरक्षक गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री हुने व्यवस्था कार्यविधिमा रहेको छ । प्रदेश खेलकुद पदकले खेलकुद प्रतिको भावना जागरुक बनाउन महत्वपूर्ण भुमिका रहने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close