बगर भाइ खलक युकेको अध्यक्षमा ‘ओम प्रकाश गुरूङ’

पोखरा स्पोर्टस । बगर भाइ खलक युकेको अध्यक्षमा ओम प्रकाश गुरूङ सर्वसम्मत निर्वाचित भएका छन् ।

बेलायतको अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार सम्पन्न तेस्रो अधिबेशनले उनीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको संस्थाका निवर्तमान उपाध्यक्ष कमल गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । बेलायतमा कर्मथलो बनाएका नवनिर्वाचित अध्यक्ष गुरूङ पोखरा बगरस्थित टुँडीखेल निवासी हुन् । 

समितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ  निर्वाचित भएका छन् ।  यस्तै, कार्यसमिति सदस्यमा सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरूड, जय कुमार सेवा, हिटलर गुरूङ, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र विमल गुरुङ निर्वाचित भएको निवर्तमान उपाध्यक्ष एवं समाजसेवी कमल गुरूङले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई निवर्तमान उपाध्यक्ष गुरूङले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए ।

बगर भाइ खलकका अध्यक्ष दिलरास गुरूङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन तमु धि युकेका पूर्व अध्यक्ष रामचन्द्र गुरूङ र सहारा युकेको अध्यक्ष कृष्ण गुरूङले गरेका थिए ।

सो अवसरमा अध्यक्ष गुरूङले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै संस्थाले युकेमा नै पहिलो पटक नेपालबाट टिम ल्याउन सफल भएको जनाउँदै आगामी दिनमा बगरभाइ खलकको हितमा कार्य गर्न आग्रह गरे । कार्यक्रममा कोषाध्यक्ष भानु थकालीले संस्थाको आय–व्यय प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close