
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले ‘सातौं महिला तथा आठौं पुरूष राष्ट्रिय बिच भलिबल २०८१’ मा गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा यहि माघ १ गते देखि ५ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिता सिन्धुपाल्चोक भलिबल संघको आयोजनामा हुनेछ । उक्त प्रतियोगितामा गण्डकीले महिलातर्फ २ र पुरुषतर्फ २ गरी ४ टिमले सहभागिता जनाउने गण्डकी भलिबल टिमका मुख्य प्रशिक्षक रमेश केसीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
गण्डकीको महिला भलिबल टिममा रेबिना घर्ती र काजल छन्त्यालको जोडी तथा प्रतिक्षा सेन ठकुरी र सोइङ थापाको जोडी रहनेछ भने पुरूषतर्फ विवश आले र नर बहादुर सुनारको जोडी तथा विश्वास अधिकारी राजु परियारको जोडीले प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय महिला तथा पुरूष टिमको छनौट खेल समेत रहेको उक्त प्रतियोगिताका लागि टिम ब्यवस्थापकमा संघका सदस्यद्वय जापान गुरूङ र नविन गुरूङ रहेका छन् ।
यसै बीच गण्डकी प्रदेश भलिबल संघको सम्पन्न कार्यसमितिको बैठकले काभा भलिबल मेन्स भलिबल च्याम्पियनसिपको सम्पूर्ण खर्चको अनुमोदन गरेको महासचिब टहल सिंह थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यसका साथै लामो समय देखि संघको बैठकमा अनुपस्थित कार्यसमितिका सदस्यद्वय कमला श्रीष र गजेन्द्रवम सन्यासीलाई स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको छ । यसका साथै कार्यसमितिको रिक्त सदस्य पदमा अर्को बैठकमा पदपुर्ती गरिने समेत महासचिब थापाले बताए । बैठकले आसन्न पाँचो संस्करणका टाइगर कप भलिबल प्रतियोगितामा गण्डकीको टिमको प्रशिक्षण कार्यक्रम समेत छिट्टै सुरूवात गर्ने जनाएको छ ।
