२४औं आहा! रारा पोखरा गोल्डकप : १० टिमको सहभागिता पक्का, सह–प्रायोजकमा जयश्री फुड्स

पोखरा स्पोर्टस । २४औं आहा! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता पक्का भएको छ ।

सहारा क्लव पोखराको आयोजनामा यहि आगामी माघ २२ गतेबाट सुरू हुने २४औं सस्करणको आहा रारा पोखरा गोल्डकपका लागि १० टिमको सहभागिता सुनिश्चित भए संगै प्रतियोगिता सफल बनाउन सह–प्रायोजकका लागि चितवनको जय श्री फुड्स संग सम्झौता भएको छ ।

फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लबसहित नेपाली ए डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेको सहभागिता शुनिश्चित भएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा कुल १२ टिमको सहभागिता हुनेछ । अझै दुई टिमको सहभागिता रहने महासचिव अधिकारीले जनाए । भारतीय सर्भिस टिम वा जापानको एक क्लबका लागि कुराकानी अघि बढाइएको उनले जनाए ।

मोफुसलको फुटबलमा निरन्तर आयोजना हुने प्रतियोगितामा आफ्नो नाम दर्ज गराउन सफल आहा रारा पोखरा गोल्डकपमा शनिबार एक कार्यक्रमबा बीच सह प्रायोजनमा हस्ताक्षर सम्पन्न भएको छ । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवाल र क्लबका अध्यक्ष केशवराज बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जय श्री फुड्सले सह प्रायोजन वापत नगद रु ५ लाख रुपैयाँ सहयोग गर्ने छ ।

जयश्री फुड्स बासमती प्रिमियम राइस ‘भान्साघर’को उत्पादक समेत हो ।

क्लबका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर् गुरुङ, क्लबका मानर्थ सद्स्य जयलाल पुन, महेश गुरुङ र लोक ब गुरुङ, सल्ल्हाकार एवं अर्थ समिती संयोजक सुनिल गुरुङ, क्लबका पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा, हरिराम गुरूङ ‘सुरज’ लगायतका सहभागिता रहेको थियो ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रका सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै निशुल्को आवाश सुविधा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close