
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले सेन्ट्रल एसियन भलिबल (काभा) मेन्स भलिबल च्याम्पियनसिपको आय व्यय सार्वजनिक गरेको छ ।
प्रदेश भलिबल संघका अनुसार गत मंसिरमा सम्पन्न काभा भलिबल च्याम्पियनसिपमा सहभागि रहेको गण्डकी प्रदेशको टोलीको खर्चतर्फ कुल १४ लाख ६० हजार ३७५ र आम्दानीतर्फ १३ लाख ४३ हजार १०४ रहेको जनाएको छ ।
संघका कोषाध्यक्ष टुक बहादुर गुरुङका अनुसार अझै १ लाख १७ हजार २७१ घाटा रहेको जनाएका छन् ।
काभा मेन्स भलिबल च्याम्पियनसिपमा स्वदेश तथा विदेशबाट गरी ५८ जनाले सहयोग गरेको महासचिब टहल सिंह थापाले जानकारी दिए । जसमा राजु तिमिल्सिना यूएई १ लाख, विष्णु गुरुङ (ठूले) हङकङ ५४ हजार, राजु केसी (अमेरिका) ५० हजार, पर्वत क्लब हङकङ १ लाख, याम गर्वुजा (म्याग्दी) ५० हजार, अस्ट्रेलिया ग्रुप २ लाख २४ हजार, स्याङजा जनसेवा समिति हङकङ १ लाख, दिपक थापा अमेरिका ६२ हजार, मनिष राना (अमेरिका) ३५ हजार, बुद्धि क्षेत्री २२ हजार, अर्जुन गुरुङ (अस्ट्रेलिया) २० हजार रहेका छन् ।
त्यस्तै सहयोग गर्नेहरुमा यमा श्रीस २५ हजार, सुविन गुरुङ ५० हजार, विकास लालचन ३१ हजार, दल श्रीष २५ हजार, योगेश भण्डारी ३० हजार, शुक्ला गण्डकी नगर पालिका ३० हजार, पोखरा महानगर पालिका २६ ले ३० हजार सहयोग गरेका थिए । त्यस्तै नगद १५ हजार सहयोग गर्नेहरुमा कृष्ण राना, बुद्ध बहादुर गुरुङ, सागर शर्मा, अञ्जन रेग्मी, रोशन विश्वकर्मा, छत्रधर आले, विकास रणपाल, सत्ता बहादुर गुरुङ रहेका छन् ।
काभा भलिबल च्याम्पियनसिपका लागि टिमको नेतृत्व गरेको प्रदेश भलिबल संघका कावा अध्यक्ष राजेन्द्र जिशीले सहयोगीहरुकै कारण प्रतियोगितामा टिमको सहभागिता सुनिश्चित रहेको जनाउँदै सहयोगी मनहरु प्रति आभार व्यक्त गरे ।
त्यसै गरी संघका अध्यक्ष नविन गुरूङले संघको आफ्नै आन्तरिक स्रोत नहुँदा भलिबललाई माया गर्नेहरुकै कारण टिमको सहभागिताका लागि उर्जा प्राप्त भएको बताउँदै सबैलाई धन्यबाद दिए ।
यस्तै महासचिव टहल सिंह थापाले अझै पनि केही व्यक्ति र संस्थाहरुबाट सहयोग रकम आउन बाँकी रहेको बताउँदै काभा भलिबलमा गण्डकी प्रदेशको टिमलाई मैदान सम्म पुर्याउन सहयोगीहरुकै कारणले नै सफल रहेको बताए । उनले भने–“यो निकै कठिन कार्य थियो । तर सहयोगी मनहरुले स्वदेश तथा विदेशबाट हाम्रो आह्वानमा सहयोग गर्नु भएको छ । उहाँहरुलाई संघको तर्फबाट धन्यबाद दिन चाहन्छौं ।

