ज्योतीकुञ्ज मावि पोखराको स्पोर्टस मिट सुरू (तस्विरसहित)

पोखरा स्पोर्टस । पोखरा १० रामबजारस्थित ज्योतीकुञ्ज माविको स्पोर्टस मिट २०८१ बुधबारबाट पोखरा रंगशालामा सुरू भएको छ ।

उक्त स्पोर्टस मिटको एक कार्यक्रमका बीच पोखरा महानगर पालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रिनाथ सुवेदीले उद्घाटन गरे । सो अवसरमा उनले शिक्षा र खेलकुद सबैका लागि उत्तिकै महत्वपूर्ण रहेको जनाउँदै विद्यालयले स्पोर्टस मिट मार्फत विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि गराउनु प्रशंसनिय रहेको बताए ।

सो अवसरमा पोखरा महानगर वडा नं १० का सदस्य परमेश्वर कार्की, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, विद्यालयका संस्थापक प्राचार्य पुरन कुंवरले समेत आफ्ना भनाई राख्दै राष्ट्रिय गौरव बढाउन खेलकुदमा सहभागिता महत्वपूर्ण रहेको जनाए ।

उद्घाटन कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा भएको थियो ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फ ट्रयाक एण्ड फिल्डका प्रतियोगिता, बास्केटबल, फुटबल, व्याडमिन्टनलगायत समावेश गरिएको विद्यालयका प्राचार्य कुंवरले जानकारी दिए ।

प्रतियोगितामा ७ सय भन्दा बढि खेलाडीहरुले विभिन्न समुहमा सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close