माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष कप भलिबलको तयारी सुरू, बिजेता टिमले पाउनेछ २ लाख

पोखरा स्पोर्टस । कास्कीको माछापुच्छ्रेमा गाउँपालिका अध्यक्ष कप भलिबलको तयारी सुरू भएको छ ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप, गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ को तयारी सुरू गरेको हो ।

खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताएका छन् ।

माछापुच्छ्रे ७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म सञ्चालन हुने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ ।

यता खुल्ला महिला भलिबल तर्फ बिजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला भलिबल तर्फ एक समुहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।

पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर, कोच, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताईन ।

प्रतियोगितामा सहभागि हुन फागुन १२ गते दिनको ठिक ३ बजे भित्र टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम व. गुरङले बताए । टिम दर्ता निशुल्क रहेको छ । उद्धघाटन खेल फागुन १४ गते हने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close