गोरखा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड माघको पहिलो साता

पोखरा स्पोर्टस । गोरखा जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड यहि माघको पहिलो साता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति गोरखाले यहि माघ ५ देखि ७ गते सम्मका लागि राष्ट्रपति रनिङ्ग शिल्डको तयारी सुरू गरेको हो । १२ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड गोरखा पालुङटार नगर पालिकास्थित भवानी माविको खेल मैदानमा हुने गरी तयारी सुरू गरिएको जिल्ला खेलकुदका अध्यक्ष कृष्ण सिंह बस्नेत (सान्त)ले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

कुल ६ खेल समावेश हुने प्रतियोगिताअन्तर्गत गोरखामा उशु खेल भने हुने छैन ।

१२ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्डमा जिल्लाका ११ पालिकाका ८ सय खेलाडीहरुको सहभागिता हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ३० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close