
पोखरा स्पोर्टस । गण्डकी प्रदेश कबड्डी संघको अध्यक्षमा पवन कुमार प्रजापती र महासचिबमा हरि जिशी सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको शुक्रबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले उनीहरु सहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । आगामी ४ वर्षको कार्यकालको लागि उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डे, सचिबमा रबिन्द्र खाताी क्षेत्री, कोषाध्यक्षमा विन्दु थापा मगर निर्वाचित भए ।
यसै गरी कार्यसमितिको सदस्यमा बुद्धिमाया खप्तडी मगर, विज्ञान नेपाली, कुमार श्रेष्ठ, बुद्ध बहादुर थापा, ओम प्रकाश पाठक र प्रिया खाती निर्वाचित भए ।
निर्वाचित कार्यसमितिलाई प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष प्रजापतीले आफ्नो कार्यकालमा कबड्डी खेलको विकास र प्रवर्द्धनका लागि कार्य गर्ने जनाउँदै यूवा खेलाडी उत्पादन, प्रशिक्षण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गण्डकीमा आयोजना गर्ने गरी अघि बढ्ने बताए ।
