
पोखरा स्पोर्टस । कास्की जिल्ला डोरीतान संघको अध्यक्षमा विष्णुहरि भुगाइ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरा रंगशालामा सम्पन्न भेलाले विष्णुहरि सहित ८ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण पुन, सचिवमा भिम कुमारी पुन, सहसचिवमा माधव भण्डारी र कोषाध्यक्षमा सुष्मा सुर्खेती निर्वाचित भएको गण्डकी डोरीतान संघका महासचिव शिव अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यसै गरी कार्यसमितिको सदस्यमा बविता सुनार, रविराज घिमिरे र टिकाराम पराजुली निर्वाचित भए ।
यस अघि सो भेलाललाई गण्डकी प्रदेश डोरीतान संघका अध्यक्ष विष्णु पुन, कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामाले शुभकामना व्यक्त गरेका थिए ।
