बुटवलमा मदन भण्डारी गोल्डकप भलिवलको तयारी पूरा, ८ टिम भिड्दै

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो—नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ ।

पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको एकेडेमीले जनाएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् ।

ती समुहमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एशोसिएशन (भारत), गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहने छन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितिय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख रुपैया नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ ।

उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close