एनओसीको अध्यक्षमा जिवनराम श्रेष्ठ बिजयी

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्षमा जिवनराम श्रेष्ठ बिजयी भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइसिसी)को रोहबरमा शनिबार काठमाण्डौमा सम्पन्न निर्वाचनमा उनी बिजयी भएका हुन् ।

कुल २७ मताधिकार रहेको एनओसीमा २० मत खसेको थियो । खसेका सबै मत अध्यक्ष पदका उम्मेदवार जिवनरामले पाएका छन् । अनलाइनमार्फत आइओसीले गरेको निर्वाचनमा एक दिन अगावै आइओसीका प्रतिनिधीले अनलाइन निर्वाचन गर्न प्रशिक्षण समेत दिएको थियो ।

एनओसीको निर्वाचनमा जिवनराम सहित तत्कालिन महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तेज बहादुर गुरूङले उम्मेदवारी दिएका थिए । पोखरा स्पोर्टस संग कुरा गर्दै गुरूङले ओलम्पिक कमिटिको निर्वाचनले खेल संघहरु एक छन् भन्ने सन्देश दिएको बताउँदै दुई तिहाई भन्दा बढि मत श्रेष्ठले प्राप्त गरेको जनाए । उनले भने–“यो ओलम्पिक सोलीडारिटी समेत हो । सबैको एकै ठाउँमा मत परेको छ । यो सर्‍हानिय कुरा हो । नेपाली ओलम्पिक एक जुट छ भन्ने सन्देश समेत हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close