गण्डकी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोको ‘बेल्ट टेस्ट’ सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो बेल्ट टेष्ट सम्पन्न भएको छ । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न बेल्ट टेस्टमा उल्लेखनिय सहभागिता रहेको संघले जनाएको छ । उक्त बेल्ट टेस्ट कार्यक्रमको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरेका थिए ।

यस्तै उक्त बेल्ट टेस्ट कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११५ जना खेलाडीहरुको  सहभागिता रहेको नेपाल आइटिएफ महासंघका महासचिव एवं गण्डकी प्रदेश आइटिएफ संघका अध्यक्ष घम बहादुर थापाले पोखरा स्पोर्टसलाई बताए ।

बेल्ट टेष्ट अन्तगर्त ब्ल्याक बेल्ट फष्ट, सेकेण्ड र थर्ड गरी तीन छुट्ट–छुट्टै विद्यामा परिक्षण सम्पन्न गरिएको जनाउँदै महासचिव थापाले प्रशिक्षार्थीहरुलाई सहायक प्रतियोगिता निर्देशक आशिष कार्की, आकाश चन्द्र घर्ती मगरले परीक्षकको भूमिका निर्वाह गरेको जानकारी दिए ।

आइटिएफ तेक्वान्दो गण्डकी प्रदेशमा यूवा खेलाडीहरुका बिच लोकप्रिय खेल रहेको महासचिव थापाले जनाउँदै यस्ता अभियानहरुले खेलको विकास संगै खेलाडीहरुको स्तरवृद्धि गर्न सहयोग पुग्ने जनाए ।

स्मरणिय के छ भने नवौ रष्ट्रिय खेलकुदमा मार्शल आर्ट खेलमा आइटिएफ तेक्वान्दोले सबै भन्दा बढि पदक जितेको थियो । विगतमा गण्डकी प्रदेशका केही जिल्लामा सिमित आइटिएफ तेक्वान्दो सबै जिल्लामा आफ्नो पहुँचलाई अघि बढाएको समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close