प्रदीप मेमोरियल बास्केटबल : महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं फाइनलमा

पोखरा स्पोर्टस । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं फाइनलमा भिड्ने भएका छन् ।

पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

यस्तै दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । दुबै टिम शनिबार उपाधिका लागि भिड्नेछन् ।

यस्तै पुरुषतर्फ भने सेमिफाइनल समिकरण पुरा भएको छ । पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अङ्कले पराजित दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

यस्तै तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ ले र चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अङ्कले पराजित गरेको छ ।

शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला/पुरुषको फाइनल खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार प्रदान गरिने छ भने उपविजेता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close