
पोखरा स्पोर्टस । नेपालले मलेसियामा हुने एफआइएच वर्ल्ड हक्की फेस्टिभलमा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीका खेलाडीले भाग लिने फेस्टिभल प्रतियोगिता हो । प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन् । प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ ।
नेपाली टिम कुल १३ सदस्यीय रहेको छ । सहभागी हुने खेलाडीमा महिलातर्फ अनुष्का थापा, बन्दना भट्ट, सबिना राजवंशी र तुलसी बोहरा रहेका छन् । यस्तै पुरष खेलाडीमा रोनाशकुमार यादव, सुदीप चौधरी, विवेक विक, सुजल महर्जन, रोशन परियार र सुशान्त रोकाया छन् ।
टिमको व्यवस्थापकमा हितकुमार गुरुङ र प्रशिक्षकमा दीपक खतिवडा छन् । यस्तै मनीषप्रसाद भट्टले प्रतियोगितामा अम्पायरको पनि भूमिका निभाउने छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार सातदोबाटोमा आयोजित कार्यक्रमबीच टिमको बिदाइ गरे । सो अवसरमा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले टिमको सफलताको शुभकामना व्यक्त गरे ।
