
पोखरा स्पोर्टस । तेक्वान्दो प्रशिक्षक रेख माया गुरूङलाई शनिबार पोखरामा नगदसहित सम्मान गरिएको छ । हालै अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि बन्न सफल भए संगै कास्की जिल्ला तेक्वान्दो संघले उनलाई सम्मान गरेको हो ।
पोखरामा जारी तेक्वान्दोको एक जिल्लास्तरीय कार्यक्रममा रेख मायालाई नगद रु १० हजार ५ रुपैयाँसहित र सम्मान-पत्र द्वारा सम्मान गरिएको कास्की तेक्वान्दो संघका अध्यक्ष कुमार गुरूङले पोखरा स्पोर्टलाई जानकारी दिए ।
सम्मानित रेख मायालाई संघका अध्यक्ष गुरूङसहित उपाध्यक्ष कुलचन्द्र शर्मालगायत कास्की तेक्वान्दो संघका पदाधिकारी र सदस्यहरुले संयूक्त रुपमा सम्मान गरेका थिए ।
कास्की तेक्वान्दो संघकी कार्यसमिति सदस्य समेत रहेकी रेख मायाले वर्ल्ड तेक्वान्दोले ताजिकिस्तानमा रेफ्रिहरुको लागि लिएको परिक्षा उर्तिण गर्दै उनी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएकी थिइन् । उनले तेक्वान्दोको पुम्से र ग्योरेगी दुबैतर्फको परिक्षा उर्तिण गर्दै अन्तर्राष्ट्रिय रेफ्रि बनेकी हुन् । पुम्सेतर्फ उनी नेपालकै एक्ली महिला अन्तर्राष्ट्रिय रेफ्रि समेत् हुन् ।
विभिन्न भेट्रान्सतर्फका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदक जित्न सफल उनले पोखरामा अब्सोल्युट तेक्वान्दो प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्दै १ सय भन्दा बढि विभिन्न उमेर समुहका यूवा खेलाडीहरुलाई प्रशिक्षण दिंदै आएकी छन् ।
