
पोखरा स्पोर्टस । गण्डकी प्रदेश हक्की संघको अध्यक्षमा दिपक बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको पोखरामा शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले अध्यक्षमा थापासहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा बल बहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिवमा दिब्या पोखरेल, कोषाध्यक्षमा यमन रसायली सर्वसम्मत निर्वाचित भए ।
यसै गरी कार्यसमिति सदस्यमा राजु थापा, रविकान्त आचार्य, अशोक गुरुङ र दुध प्रसाद गुरुङ निर्वाचित भएका छन् ।
यस अघि अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का र प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले गण्डकी प्रदेशको हक्की खेलले विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न राष्ट्रिय प्रतियोगितामा समेत आफूलाई अव्वल बनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
यसै बीच मलेसियामा आयोजना हुने एक प्रतियोगितामा नेपाली टिममा गण्डकीबाट प्रतिनिधित्व गर्ने खेलाडी द्वय अनुस्का थापा, विवेक विक तथा नेपाली टिमका अफिसियल हित गुरुङलाई बिदाई गरिएको थियो ।
