
पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सोमबार पोखरा आएका छन् ।
मन्त्री चौधरी मंगलबार पोखरामा सुरू हुने १४ औं नेशनल प्याब्सन स्पोर्टस मिट उद्घाटनका लागि पोखरा आएका हुन् ।
एन प्याब्सन कास्कीको आयोजनामा मंगलबार १४ औं नेशनल प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन हुने कार्यक्रम तय भएको छ ।
पोखरा आइपुगेका मन्त्री चौधरीलाई प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, एनप्याब्सनका अध्यक्ष हेमन्त अधिकारी, जिल्ला खेलकुद विकास समिति कास्कीका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।
मन्त्री चौधरी मंगलबार पोखरामा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने एक अन्तक्रिया एवं स्वागत कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
मन्त्री चौधरीले एक साता अघि मात्रै पोखरामा आयोजना भएको १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन गरेका थिए ।
