
पोखरा स्पोर्टस । एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्री प्रथम भए ।
५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुरा गरे ।
यस्तै छात्रतर्फ अक्सफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९ सेकेण्ड) दोस्रो, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५ सेकेण्ड) तेस्रो, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२ मिनेट १८.०४ सकेण्ड) चौथो र फेवा वोर्डिङ स्कुलका जोगबहादुर गुरुङ (२२ मिनेट ५३.४३ सकेण्ड) पाँचौ भए ।
त्यस्तै छात्रा तर्फ कास्की मोडनाईज्ड एकेडेमीकी सितल भण्डारी (२९ मिनेट.०१.७८ सकेण्ड) दोस्रो, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओम माया गुरुङ (३० मिनेट ०९.४९ सेकेण्ड) तेस्रो, लेभन रेसिडेन्सियलकी युकिना भारी (३० मिनेट १६.२० सेकेण्ड) चौथो र अल्फा एकेडेमीकी कृष्ण तिवारी (३२ मिनेट २७.०५ सकेण्ड) पाँचौ भइन् ।
त्यसैगरी शिक्षक शिक्षिकतर्फ भएको ५ किमि सडक दौडमा शिक्षकतर्फ हेम्जा वोर्डिङ स्कुलका धिरन घर्तीमगर (२४ मिनेट ०४ सेकेण्ड) पहिलो, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलका विवेक श्रेष्ठ (२४ मिनेट ३१ सेकेण्ड) दोस्रो, लिटिल फ्लावर एजुकेशन एकेडेमीका शंकरप्रसाद शाहा (२५ मिनेट ४०.३५ सकेण्ड) तेस्रो भए ।
त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ (३५ मिनेट ४८.०४ सेकेण्ड) पहिलो, हेम्जा वोर्डिङ स्कुलकी प्रतिक्षा सुवेदी (३६ सेकेण्ड २३.४६ सेकेण्ड) दोस्रो र कान्तिपुर एकेडेमीकी दिक्क्षा शाही (३६ मिनेट ३३.८० सेकेण्ड) तेस्रो भए ।
सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सडक दौड पोखरा रंगशालाबाट शुरु भइ पृथ्वीचोक, सभागृह, न्यूरोड, चिप्लेढुड्डा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिए । विजेतालाई समापनका दिन पुरस्कार प्रदान गरिने छ ।
यसैगरी छात्र तर्फको क्रिकेटमा अल्फा एकेडेमीले श्रीरत्न ज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेशनल क्रियशनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यू ग्यालेक्सीले वागमारा एकेडेमीलाई ३५ रनले पराजित गरेको छ ।
त्यसैगरी मर्निङ ग्लोरीले एकेडेमीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली वोर्डिङ स्कुललाई ६ विकेट, हेम्जा वोर्डिङ ज्ञान ज्योति विद्याकुञ्ज ५ रनले पराजित गर्यो । शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ ।
आइतबार चिल्ड्रेन एकेडेमी र न्यू ग्यालेक्सी, मर्निङ ग्लोरी एकेडेमी र लिटिर फ्लावर एकेडेमी, हेम्जा वोर्डिङ स्कुल र कास्की मोडनाइज्ड एकेडेमी बीच क्वाटर फाइनलका गेम हुने क्रिकेट संयोजक रमेशराज पौडेलले जानकारी दिए ।
