
पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न जुनियर ह्याण्डबल फाइनलमा हिमालयन बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रमले उपाधि जितेका छन् ।
छात्रातर्फ फाइनलमा हिमालयनले सरस्वती आदर्शलाई ४–२ गोलअन्तरले हराएको हो । सोसल पब्लिक तेस्रो स्थान प्राप्त गरेको ह्याण्डबल प्रतियोगिताका संयोजक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
छात्रतर्फ फाइनलमा सरस्वती आदर्शले हिमालयन बोर्डिङलाई २१–१३ गोलअन्तरले पराजित गरेको हो । ग्लोबल कलिजियट तेस्रो भयो ।
यस्तै, एथ्लेटिक्सतर्फ छात्र ट्रिपल जम्पमा रिभरडेलका तरुण गुरुङ प्रथम भए । ग्लोबल कलिजियटका दिप्सन चौधरी दोस्रो र नेपाल आदर्शका सिमोन खनाल तेस्रो भए ।
कक्षा १० सम्म छात्र ४०० मिटर दौडमा अल्फा बोर्डिङका विशाल मगर प्रथम, सगरमाथा निकेतनका अञ्जन रानामगर दोस्रो र नेपाल आदर्शका आदर्श यादव तेस्रो भए । सोही इभेन्टमा छात्रतर्फ फिस्टेलकी आराध्या चालिसे प्रथम, धौलागिरी बोर्डिङकी इशा सुवेदी दोस्रो र सिर्जनाकी प्रिन्का अर्याल तेस्रो भए ।
छात्र लङजम्पतर्फ सगरमाथा निकेतनकी अनुष्का गुरुङ प्रथम भइन् । फिस्टेलकी आइको लक्ष्मी बाटाजु र करुणानिधिकी संगम भण्डारी क्रमशः दोस्रो र तेस्रो भए । छात्र २०० मिटर दौडमा बालोदयका प्रशन्न महत प्रथम, सगरमाथा निकेतनका अञ्जन रानामगर दोस्रो र फिस्टेल एकेडेमीका कृन थापा तेस्रो भए ।
छात्र २०० मिटर दौडमा सगरमाथा निकेतनकी अनुष्का अधिकारी प्रथम, फिस्टेलकी आइको लक्ष्मी बाटाजु दोस्रो र करुणानिधिकी संगम भण्डारी तेस्रो भए ।
उक्त प्रतियोगिता प्याब्सन स्पोर्टस् मिट अन्तर्गत भएको हो । प्रतियोगिता आइतबार समापन हुँदैछ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा स्पोर्टस् मिटको समापन हुने भएको हो ।
