
पोखरा स्पोर्टस । सेन्ट्रल एसियन भलिबल (काभा) मेन्स भलिबल च्याम्पियनसिपमा नेपाली तीन रेफ्रिहरुले प्रतियोगिता सञ्चालन गर्ने भएका छन् ।
काठमाण्डौमा आजबाट सुरु हुने उक्त प्रतियोगितामा एभिसी अन्तर्राष्ट्रिय रेफ्रि टहल सिंह थापा मगर, विकास गुरुङ र विजय केसी रेफ्रिको भूमिकामा रहने भएका हुन् ।
एभिसी अन्तर्राष्ट्रिय रेफ्रि टहल सिंह र विकास गण्डकी प्रदेशका हुन् भने विजय काभ्रेका हुन् । उनीहरुसहित अन्य तीन जना अन्तर्राष्ट्रिय रेफ्रिहरु गरी कुल ६ जना निर्णायकको भूमिकामा रहनेछन् ।
एभिसी अन्तर्राष्ट्रिय रेफ्रि टहल सिंह नेपालकै पहिलो एभिसी रेफ्रि हुन् भने गण्डकी प्रदेश भलिबल संघको महासचिव समेत हुन् । उनले बंगलादेश, हङकङ, नेपाललगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरिसकेका छन् । विजय र विकास पनि अन्तर्राष्ट्रिय अनुभवी रेफ्रिको रुपमा आफूलाई स्थापित गरेका छन् ।

