लुम्बिनीको कमजोर बलिङमा पोखरा एभेन्जर्सको पहिलो जित

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ ।

लगातार दुई खेलमा पराजय ब्यहोरेको पोखरा एभेन्जर्सले जारी प्रतियोगितामा लयमा फर्किदै लुम्बिनी लायन्स विरुद्ध १० विकेटले जित निकालेको हो । पोखरा एभेन्जर्सले लुम्बिनीले दिएको १७१ को लक्ष्य १९ बल बाँकी छंदा नै भेट्टायो ।

पोखराका लागि अमेरीकी खेलाडी एन्ड्रयू गुजले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय पारी खेले । एनपिएलको जारी प्रतियोगितामा पहिलो शतक बनाएका गुजले ५५.बलको सामाना गर्दै नट आउट १०४ रन बनाए । उनले ५४ बलमा १०० रन पुरा गरे । आफ्नो पारीमा उनले १२ चौका ५ छक्का समेत प्रहार गरे । आजको खेलमा आक्रमक रुपमा प्रस्तुत भएका गुजले २० बलमा अर्धशतक बनाए ।

उनी संगै पोखराका दिनेश खरेलले समेत अर्धशतकिए पारी खेले । उनले विकेटमा गुजको साथ दिंदै ४६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाए ।

लुम्बिनीले आफ्नो बलिङस्पेलमा सात खेलाडीलाई बलिङको मौका दिएको थियो । तर खेलमा कुनै बलरले सफलता प्राप्त गर्न सकेनन् ।

यता पारीको सुरुवात गरेको लुम्बिनी पहिलो ओभरमा नै विकेट गुमाउन पुग्यो । पोखराका लेफ्ट आर्म स्पिन बलर विपिन खत्रीले लुम्बिनीका ओपनर जोडी आशुतोष् घैरया र उन्मुक्त चन्दलाई सून्य रनमा पेभिलियिन फर्काउँदै पोखरा एभेन्जर्र्स बलिङमा सशक्त छ भन्ने सन्देश समेत दिए ।

५ विकेटको क्षतीमा १७० रन बनाएको लुम्बिनीका लागि रन आउट हुनु अघि रोहित पौडेलले ५९ बलमा १० चौकासहित ९५ रन बनाए । त्यस्तै टोम मुर ४५ रन बनाएर आउट भए भने सन्दिप जोराले १८ रन बनाए । पोखराका लागि म्याट क्रिचलीले १ विकेट लिए ।

कुल तीन खेल जितेको पोखरा एभेन्जर्सले २ मा हार र एकमा जित संगै एनपिएलको लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close