
पोखरा स्पोर्टस । गण्डकी प्रदेश विद्यालय खेलकुद महासंघको तदर्थ समितिको अध्यक्षमा बिर बहादुर बुढाथोकी र प्रमुख सचिबमा दिलिप शर्मा सर्वसम्मत चयन भएका छन् ।
पोखरामा बिहिबार सम्पन्न भेलाले उनीहरु संगै १८ सदस्यिय तदर्थसमिति चयन गरेको हो । तदर्थसमितिको उपाध्यक्षमा कृष्ण केसी, खिम बहादुर गुरुङ र चिनु बहादुर रानाभाट चयन भएका छन् ।
त्यसै गरी समितिको प्रमुख सचिबमा दिलिप शर्मा, सचिवद्वयमा पुरन कुंवर र श्रीकृष्ण अधिकारी, कोषाध्यक्षमा शुभकन्या गुरुङ रहेका छन् ।
कार्यसमितिको सदस्यमा राम बहादुर मोची, विकल पौडेल, हिटलर थापा, केशवशरण पौडेल, गिता हिताङ, स्वागत सिं भण्डारी, इन्द्र प्रसाद शर्मा, सञ्जयराज ढकाल र शिवप्रसाद भण्डारी चयन भएका छन् ।
त्यसै गरी केन्द्रिय प्रतिनिधीमा अध्यक्ष बुढाथोकीसहित उपाध्यक्षद्वय केसी र गुरुङ तथा सचिव अधिकारीलाई चयन गरेको छ ।
