नेपाली खेलकुदको विकासका लागि सबै संग सहकार्य गर्दैछौं–खेलकुद मन्त्री चौधरी

पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि सबै संग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

पोखरा रंगशालामा आयोजित १८ औं प्याब्सन स्पोर्टस मिटको उद्घाटन गर्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् । नेपालको खेलकुदमा गण्डकी प्रदेशका खेलाडीहरुको अहम भूमिका रहेको बताउँदै मन्त्री चौधरीले भने–“उद्योगी तथा व्यवासायीहरु संग सामाजिक उत्तरदायित्वअन्तर्गत तथा प्रदेश र स्थानिय तहका सरकारहरु संग मिलेर हामी खेलकुदको विकासको गतिलाई अघि बढाउने संगै पूर्वाधार विकासलाई समेत उत्तिकै महत्व दिएर अघि बढ्ने छौं ।”

कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाई समेत आत्मसात गराउनु पर्ने कुरामा मन्त्री चौधरीले जोड् दिए ।

नेपाली खेलकुदको विकासका लागि निजी क्षेत्रको सहभागिताले खेलकुद विकासको गति लिएको बताउँदै शिक्षाको क्षेत्रले सवल नागरिक उत्पादनमा मात्रै नभई राष्ट्रका लागि समेत खेलाडी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे ।

मंसिर २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री चौधरीले प्याब्सनको खेलकुदमा लामो समयदेखि योगदान पुर्‍याएकोमा शिक्षा सेवी कर्ण गुरुङलाई सम्मान गरेका थिए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गान, १८ औं प्याब्सन स्पोर्टस मिटका संयोजक उमा लामिछाने, सचिब पुष्पराज पराजुलीले आ–आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा पहिलो दिन एथलेटिक्स छात्रा सिनियर कक्षा ११–१२ तर्फ ८०० मिटर दौडमा प्रतिभाकी मेनुका अधिकारी २ मिनेट ५१. ३६ सेकेण्डमा दुरी पार गर्दै पहिलो भएकी छने भने टप्सकी सविना खातुन मियाँ ३ मिनेट ८.६४ सेकेण्डमा दुराी पार गरी दोस्रो र डायमण्डकी सुष्मा सापकोटाले ३ मिनेट २१.५२ सेकेण्डको समय लिंदै तेस्रो भएकी छन् ।

यस्तै छात्र सिनियर कक्षा ११–१२ तर्फ १५०० मिटर दौडमा ४ मिनेट ५७.१७ मिनेटको समय खर्चिर्दै बालप्रभातका सन्तोष सुवेदी पहिलो भए भने प्रतिभाका अजय तामाङ ४ मिनेट ५७.५९ सेकेण्डको समय लिंदै दोस्रो र करुणानिधिका युनिक परियार ४ मिनेट ५८.६७ सेकेण्डको समयमा दुरी पार गरी तेस्रो भएका छन् ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भएको छ । प्रतियोगितामा छात्र–छात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्र–छात्रा भलिबल, छात्र–छात्रा ह्याण्डबल, छात्र–छात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुनेछन् ।

यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा एथलेटिक्सका खेलहरु ५ दिनसम्म सञ्चालन हुनेछन् ।

प्रतियोगितामा प्याब्सन कास्कीका ९९ विद्यालय मध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ । करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगितामा ८ हजार खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close