पोखरामा जुनियर छात्र/छात्रा ह्याण्डबल खेल जारी

पोखरा स्पोर्टस । पोखरामा जुनियर छात्र/छात्रातर्फका ह्याण्डबल खेल जारी रहेका छन् ।

प्याब्सन ह्याण्डबल प्रतियोगिताका संयोजक श्रीकृष्ण अधिकारीका अनुसार दोस्रो दिन छात्रतर्फ ९ र छात्रा ५ गरी कुल १४ खेल सम्पन्न भएका छन् ।

दोस्रो दिनको जारी खेलमा छात्रातर्फ सरस्वती विद्याश्रमले ज्ञानकुञ्जलाई १४–२ ले, हाभर्डले पिकेजीलाई ५–० ले, हिमाञ्चलले शान्तिदिपलाई ६–२ ले, सोसल पल्लिकले न्यू ऐरालाई ७–२ ले र प्रतिभाले लिटिलस्टेपलाई ७–२ गोल अन्तरले पारजित गरेका छन् ।

त्यस्तै छात्रतर्फ सम्पन्न खेलमा लिटिलस्टेपले एक्सआर्मी स्कुललाई ७–५ ले, हिमालयनले बालविद्यालाई १७–५ ले, ग्लोबलले पिकेजीलाई १५–३ ले, निलगिरीले सवलाइमलाई ७–६ ले, मेरीगोल्डले इडेन्सलाई १२–२ ले, बेसलाइनले ज्ञानकुञ्जलाई ८–१ ले, प्रगतीलो जेसिएलाई १०–३ ले, साभले शान्तीनिकेतनलाई १९–४ ले र माउन्ट अन्नपूर्णले बालकल्याणलाई १२–४ ले पराजित गरेका छन् ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ ३६ र छात्रातर्फ २१ गरी ५७ विद्यालयहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close