भूपू खेलाडी मञ्चको च्यारिटी डिनर नाइट सम्पन्न, बिनोद बानियाँ, रजनी राई र गितकार आरजु सम्मानित

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व मञ्चले आयोजना गरेको एक कार्यक्रमा गायक बिनोद बानियाँ, गायीका रजनी रिदम राई र गितकार आरजु बिष्ट ‘सल्यानी’ सम्मानित भएका छन् ।

पोखरामा शनिबार मञ्चले शुभकामना आदान प्रदानसहित कोष वृद्धिका लागि आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । मञ्चले हरेक वर्ष आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको शिर्ष गित ‘पोखरा म्याराथन’मा उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

सम्मानितहरुलाई लक्ष्मी हाउस ग्रुप एवं सुजल डेरी प्रालीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, सल्लाहकार अशोक पालिखे र मञ्चका अध्यक्ष गुरुङले सम्मानपत्रसहित सम्मान गरेका थिए ।

यसै बीच मञ्चले आयोजना गरेको च्यारिटी डिनर नाइटमा ५५ जना भन्दा बढिले मञ्चको आजिवन सदस्यता लिएका छन् । खेलकुद, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्धहरु व्यक्तित्वहरुले मञ्चको आजिवन सदस्यता ग्रहण गरेका थिए । यति ठूलो संख्यामा एकै पटक आजिवन सदस्यता लिएको यो पहिलो पटक समेत हो । 

मञ्चमा आवद्ध नयाँ आजिवन सदस्यहरुलाई मञ्चका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, सल्लाहकार समितिका संयोजक मेजर दिल बहादुर गुरुङ, प्रथम उपाध्यक्ष खेम बहादुर गुरुङले उनीहरुलाई सदस्यताको प्रमाणपत्रसहित स्वागत गरेका थिए ।

च्यारिटी डिनर नाइटमा विभिन्न सांस्कृतिक एवं लोक दोहोरी कलाकारहरुले सांगेतिक कार्यक्रम प्रस्तुती संगै ‘राफल ड्र’ लागयतका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत भएका थिए ।

१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटिरहेको मञ्चले पोखरा महानगर पालिकाको सहकार्यमा हरेक महिना ‘मासिक दौड’ लगायतका कार्यक्रमहरु अघि सारेको अध्यक्ष गुरुङले बताएका छन् । यसै गरी मञ्चकै अगुवाईमा सम्पन्न पोखरा रंगशालामा निर्माण भएको पर्खाल  समेत जिर्ण बन्न लागे संगै पर्खाल संरक्षणका लागि पहल सुरु गर्ने अध्यक्ष गुरुङले बताए । पर्खाल संरक्षणका लागि करिव ३३ लाख खर्च हुने अनुमान रहेको उनले जानकारी दिए ।

च्यारिटी डिनर नाइट विशेष गरी विकसित मुलुकहरुमा आयोजना गरिने प्रचलन रहेको छ । नेपालमा भने च्यारिटी डिनर वा च्यारिटी कार्यक्रमहरु यदाकदा आयोजना हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close