प्याब्सन स्पोर्टस् मिटमा ह्याण्डबलतर्फ ५६ टिम भिड्दै

पोखरा स्पोर्टस । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन स्पोर्टस् मिट अन्तर्गत हुने ह्याण्डबल छात्र/छात्रा खेलतर्फ ५६ टिमको सहभागिता हुने भएको छ ।

यहि मंसिर १४ देखि २५ गते सम्म पोखरामा आयोजना हुने प्याब्सन स्पोर्टस मिटमा छात्रतर्फ ३६ र छात्रातर्फ २० गरी ५६ टिमको सहभागिता निश्चित भएको प्याब्सन ह्याण्डबल प्रतियोगिताका संयोजक श्रीकृष्ण अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।

प्याब्सन स्पोर्टस मिटमा पहिलो पटक जुनियर ह्याण्डबल (कक्षा ८ सम्मका छात्र/छात्रा)लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।

प्याब्सन स्पोर्टस मिट ह्याण्डबल प्रतियोगिताका लागि गण्डकी प्रदेश ह्याण्डबल संघको संयोजनमा हालै ३० भन्दा बढि विद्यालयका शिक्षकहरुलाई समेत प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।

१८ औं सस्करणको प्याब्सन स्पोर्टस मिटमा एथलेटिक्स, भलिबल, बास्केटबल, व्याडमिन्टन, टेबुल टेनिसलगायतका प्रतिस्पर्धाहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close