बगर भाइ खलक निर्वाचनमा होमियो, मंसिर २२ गते अधिवेशन

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक निर्वाचनमा होमिने भएको छ ।

संघको ८ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन यहि मंसिर २२ गते हुने भए पछि संस्था निर्वाचनमा होमिने भएको हो । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ४०, ५० र ६० वर्ष माथीको छुट्टा–छुट्टै उमेर सुमहको भेट्रान्स फुटबलको आयोजक संस्था बगर भाइ खलक १४ औं संस्करणको तयारीमा समेत जुटिसकेको छ ।

मंसिर २२ गते हुने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्य गरी १५ सदस्यिय कार्यसमिति निर्वाचित गर्नेछ । संस्थामा हाल १ सय ५० भन्दा बढि सदस्यहरु रहेका छन् ।

‘स्वास्थ्यका लागि एक घन्टा व्यायम, नागरिकका लागि नौलो आयाम’ भन्ने उद्घोषका साथ स्थापित बगर भाइ खलकले विभिन्न देशमा समेत आफ्नो शाखा विस्तार गरेको छ । संस्थाको यूके र जापानमा दुई भातृ संस्था समेत गठन भएका छन् अन्य देशमा समेत भातृ संस्था विस्तार गर्ने तयारीमा रहेको संस्थका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

यसै गरी संस्थाले यूवा फुटबल खेलाडी उत्पादन गर्न ग्रास रुट फुटबल कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close