नेपाली राष्ट्रिय दृष्टिविहिन क्रिकेट टोली टि२० विश्वकप खेल्न पाकिस्तान प्रस्थान

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय दृष्टिबिहिन क्रिकेट टोली टि२० विश्वकपमा सहभागिता जनाउन बुधबार पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।

नेपाली राष्ट्रिय टोली सुनौली नाका हुँदै भारतको सडकमार्गबाट पाकिस्तान प्रस्थान गरेको दृष्टि क्रिकेट संघका महासचिब अमृत बरालले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलले चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकपको तालिका घोषणा गरे अनुसार उक्त प्रतियोगिता यहि नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा हुने छ।

नेपाली टोलीमा सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, रमेश बहादुर बानियाँ (कप्तान), पदम बहादुर बदैला, भरत थापा, प्रविन स्याङताङ, मदन न्यौपाने, अमिश गुरागाई, शान्त बहादुर पाहारी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की, रविन्द्र बोहोरा र यूवराज भण्डारी रहेका छन् ।

त्यस्तै टिमको प्रशिक्षकमा नहेन्द्र निरौला र सहायक प्रशिक्षकमा मनसुन बोहोरा रहेका छन् । त्यस्तै टिम लिडरमा पवन घिमिरे, सहायक म्यानेजरमा अमृत बराल र ब्यवस्थापनमा उपेन्द्र श्रेष्ठ रहेका छन् ।

वर्ल्ड ब्लाइन्ड क्रिकेटमा नेपालसहित ६ देशको सहभागिता रहेको छ । यता डिफेन्डिङ च्याम्पियन भारत भने पाकिस्तानमा आयोजित उक्त प्रतियोगिता अन्तिम समयमा आएर नखेल्ने जनाएको छ । आयोजक राष्ट्र पाकिस्तानसहित, श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, नेपाल र अफगानिस्तानले सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close