नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘च्यारिटी डिनर’ आयोजना गर्ने

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा ‘च्यारिटी डिनर’ आयोजना गर्ने भएको छ ।

मञ्चको आयोजनामा हुँदै आएको आसन्न १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मध्ये नजर गर्दै ‘च्यारिटी डिनर’ आयोजना गर्न लागेको हो । आगामी फागुन ३ गते शनिबारका दिन आयोजना हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सबैको सहकार्य र समर्थन संगै मञ्चका आजिवन सदस्यहरुलाइ एक ठाउँमा ल्याउन ‘च्यारिटी डिनर’ आयोजना गरिएको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

यहि मंसिर १५ गते शनिबारका दिन आयोजना हुने ‘च्यारिटी डिनर’मा मञ्चका २ सय ९० भन्दा बढि आजिवन सदस्यहरुलाई एकै ठाउँमा भेला गराउने संगै उनीहरुका परिवारलाई समेत कार्यक्रममा सहभागिता गराउने गरी तयारी सुरु गरिएको अध्यक्ष गुरुङले बताए । “अहिले मञ्चमा अधिकांश सदस्यहरु ५० वर्ष भन्दा माथीका हुनुुहन्छ । हामी आजिवन सदस्यका परिवारहरुलाई समेत मञ्चमा जोड्दै यूवा पुस्तालाई मञ्चमार्फत खेलकुद अभियानमा अघि बढाउन चाहन्छौं ।”

आजिवन सदस्यहरुका बिच सम्वन्ध कसिलो बनाउन र सबै सदस्यहरुलाई मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन संगै आगामी योजनाको रुपमा अघि सारिएको मासिक दौडलगायत अन्य सामाजिक अभियानका बारेमा समेत जानकारी दिन ‘च्यारिटी डिनर’ कार्यक्रम प्रभावकारी हुने अध्यक्ष गुरुङको भनाई छ । उनले भने–“‘च्यारिटी डिनर’ हामी आजिवन सदस्यहरुको विचको सम्वन्धलाई कसिलो बनाउन र मञ्चका हरेक गतिविधिमा आजिवन सदस्यहरुलाई समेत सहभागिता बढाउन भूमिका खेल्नेछ ।”

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close