
पोखरा स्पोर्टस । निजी विद्यालयहरुको छाता संस्था प्याब्सनका खेल शिक्षकहरुलाई ह्याण्डबल प्रशिक्षण प्रदान गरिएको छ ।
यहि मंसिर १४ देखि २५ गते सम्म पोखरामा आयोजना हुने प्याब्सन स्पोर्टस मिटलाई लक्षित गर्दै शिक्षकहरुलाई ह्याण्डबल प्रशिक्षण प्रदान गरिएको हो । प्रदेश ह्यान्डबल संघको पहलमा कास्की जिल्ला ह्यान्डबल संघको प्राबिधिक सहयोग, पोखरा महानगरपालिका ह्यान्डबल संघको सहकार्य एवं कास्की प्याब्सनको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
प्रशिक्षणमा कास्की प्याब्सन आवद्ध विभिन्न विद्यललयका ३० जना खेलकुद शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिएको प्याब्सन स्पोर्टस मिट ह्याण्डबल प्रतियोगिताका संयोजक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
प्रशिक्षणमा सहभागि शिक्षकहरूलाई प्रशिक्षकहरु गोपाल थापा, चित्र थापा, पदम नेपालीलगायतले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा सहभगि शिक्षकहरुले ह्यान्डबल सम्बन्धि प्रशिक्षणका साथै खेलको अभ्यास प्रदशर्न गरी प्रभावकारी बनाइएको संयोजक अधिकारीले जानकारी दिए ।
प्याब्सन स्पोर्टस मिटमा पहिलो पटक ह्याण्डबल खेल समावेश गरिएको हो । स्पोर्टस मिटमा ह्याण्डबल खेलतर्फ ५० भन्दा बढि विद्यालयका छात्र/छात्रा टिमको सहभागिता हुने जनाइएको छ ।
