साफ वुमेन्स फुटबल फाइनल : बंगलादेश च्याम्पियन, नेपाल २–१ ले पराजित

पोखरा स्पोर्टस । काठमाण्डौमा सम्पन्न साफ वुमेन्स फुटबल फाइनल बंगलादेश च्याम्पियन भएको छ । 

काठमाण्डौमा सम्पन्न फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेश च्याम्यिन भएको हो । त्रिपुरेश्वरस्थित दशरग रंगशालामा सम्पन्न फाइनलमा हार संगै नेपालले उपाधि उचाल्ने सपना पुरा गर्न सकेन । 

खेलमा बंगलादेशले गोलको अग्रता लियो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् । तर नेपालले ४ मिनेटमा नै गोल फकाउँदै खेललाई बराबरीमा ल्यायो । नेपालकी अमिशा कार्कीले गोल गरिन् । नेपालले ५६ औं मिनेटमा गोल फर्काएको थियो ।

बंगलादेशले ८१ औं मिनेटमा नेपाल विरुद्ध दोस्रो गोल गर्न सफल भयो । बंगलादेशकी रितुवर्ण चक्माले गोल थपिन । रितुवर्णले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोजे पनि सोझै पोस्टमा छिरेको थियो ।

बन्यो रेकर्ड
नेपाल बंगालादेश बीचको यू–ट्युव प्रत्यक्ष प्रशारण १० लाख भन्दा बढिले हेरेका छन् ।
फायल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close