चितवन राइनोजले भित्रायो अफगानिस्तानका यूवा क्रिकेटर ‘हसन’लाई

पोखरा स्पोर्टस । चितवन राइनोजले आगामी नेपाल प्रिमियर लिग सिजनको लागि हसन ऐसाखेललाई टिममा अनुबन्ध गरेको छ ।

अफगानिस्तानका भावी क्रिकेटरको रुपमा पहिचान कमाएका १८ अफगानिस्तान क्रिकेटका दिग्गज क्रिकेटर मोहम्मद नबीका छोरा हुन् । दायाँ हाते व्याट्स्म्यान हसन उत्कृष्ट शट खेल्न सक्ने ब्याट्सम्यानका रूपमा प्रशंसा पाएका छन् ।

यस वर्षको सुरुमा सम्पन्न भएको स्पाघीजा क्रिकेट लिगमा उनले आठ खेलमा १४२ स्ट्राइक रेट राख्दै २१२ रन बनाएका थिए । चितवा राइनोजमा आवद्ध भए संगै उनले भनेका छन्–‘एक युवा खेलाडीको रूपमा मैले आफूलाई यी अवसरहरुको सामना गर्नुपर्छ भन्ने हो । भरिभराउ दर्शकहरूको अगाडि नेपालमा खेल्नु एक अविश्वसनीय अनुभव हुनेछ । म चितवन राइनोजमा सामेल हुन र नेपाल प्रिमियर लिगमा खेल्न प्रतीक्षारत छु ।’

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले फ्रेन्चाइज क्रिकेटमा प्रतिभाशाली यूवा क्रिकेटर हसनलाई टिममा अनुबन्ध गर्न पाउनु महत्वपूर्ण रहेको जनाउँदै नेपालमा हुने प्रिमियर लिगले खेलाडीहरुको क्षमता पहिचान गर्न समेत सहज हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close