टेबुल टेनिसको प्रदेशस्तरिय दुई दिने निर्णायक प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । पछिल्लो समयमा टेबुल टेनिस खेलको गतिविधि बढे संगै उक्त खेलका निर्णायकहरु उत्पादन गर्न प्रशिक्षण सुरु गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा दुई दिने प्रशिक्षण सञ्चालन गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदका लागि समेत दृष्टिगत गरी टेबुल टेनिस खेलको निर्णायक प्रशिक्षण सुरु गरिएको जनाए । “खेलको सुन्दर पक्ष भनेको नै निर्णय क्षमतामा भर पर्छ”, उनले भने–“निर्णायकहरुले खेलमा दिने निर्णय वैज्ञानिक आधारमा भयो भने मात्रै खेलाडीको खेल प्रदर्शनमा सुधार आउँछ ।”

खेलका निर्णायकहरु खेलाडीलाई उत्साह जगाउन साथै खेलकुदको विकासका लागि समेत उत्तिकै प्रभावकारी हुने बताउँदै सदस्य सचिव गुरुङले प्रदेश खेलकुदले विभिन्न खेलका प्रशिक्षक र निर्णायकहरु उत्पादन कार्यलाई तिव्रता दिएको बताए । उनले भने–“हामी संग सिमित स्रोत साधन छ । तर हामीले गण्डकीको खेलकुद विकासका लागि धेरै काम गर्नुपनि छ । हामी संग जे जस्तो स्रोत उपलव्ध छ त्यसलाई भरपुर उपयोग गर्ने निर्णय गरेका छौं ।”

कार्यक्रममा अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले नेपालको टेनिस खेलको इतिहास बारे चर्चा गर्दै गण्डकीको खेलकुद विकासका लागि सबैले मिलेर अघि बढ्नु पर्ने कुरामा जोड दिए । त्यसै गरी परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले टेबुल टेनिस खेलले पछिल्लो समयमा धेरै विभिन्न प्रतियोगिताहरु आयोजना गरिरहेकोले पनि निर्णायक उत्पादन गर्न आवश्य भएकोले परिषदले प्राथमिकताका साथ प्रशिक्षण कार्यक्रम अघि बढाएको जनाए ।

दुई दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक तेजेन्द्र महर्जनले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त प्रशिक्षणमा २० जनाको सहभागिता रहेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close