नेपाल विश्व सेपाकताक्रोमा सहभागी हुने

पोखरा स्पोर्टस । नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा मे १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष टिम सहभागी हुन लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

विश्वकपमा सहभागि हुने खेलाडीहरुमा रोशन तामाङ, दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो विजय र पदम खाडा मगर रहेका छन् । विजय र पदम गण्डकी प्रदेशका खेलाडी हुन् । 

त्यसै गरी टिम व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ र इन्टरनेसनल टेक्निकल अफिसियलमा नेसिर मास्के छन् ।

टोली बिहीबार मलेसिया प्रस्थान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close