नेपालमा पहिलो पटक हुँदै ‘क्रसफिट’ प्रतियोगिता

पोखरा स्पोर्टस । नेपालमा नै पहिलो पटक क्रसफिट प्रतियोगिता हुने भएको छ ।

गोर्खा गेम्स नाम दिइएको उक्त प्रतियोगिता पोखरामा यहि कार्तिक २४ र २५ गते हुने भएको हो । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगिता नेपालका विभिन्न ६ जिल्लाका १७६ जना खेलाडीहरुको सहभागिता रहने आयोजक मध्येका एक फोरेष्ट टिमले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा महिला १६ र पुरुषतर्फ १५० जनाको सहभागिता रहेको छ ।

के हो क्रसफिट प्रतियोगिता
क्रसफिट सामान्य शारीरिक क्षमता खेलाडीहरुले खेल्ने खेल हो । क्रसफिट खेलाडीको फिटनेसले कुनै पनि खेल वा कुनै पनि कार्यको सामना गर्नका लागि एक बलियो आधार प्रदान गर्दछ। क्रसफिटले साधारण खेलाडीहरूले आफ्ना दैनिक जीवनका चुनौतीहरू र खेलहरूमा आवश्यक पर्ने क्षमता अभिवृद्धिलाई पूरा गर्न संगै सामान्य शारीरिक क्षमतालाई कसरी प्रयोग गर्ने भन्ने मान्यतालाई समेत् स्थापित गर्दछ । विगत १६ वर्षदेखि विश्वभर यो प्रतियोगिता हुँदै आएको छ जहाँ १२० भन्दा बढि देशमा खेल्ने गरिन्छ ।

पोखरामा आयोजना हुने यो प्रतियोगितामा विभिन्न ४ वटा विभिन्न इभेन्टहरु हुनेछन् । जहाँ खेलाडीहरुले आफू भित्र रहेको अन्तर्निहित
क्षमता प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा च्याम्पियन हुने महिला तथा पुरुष खेलाडीहरु समान नगद रु २/२ लाख, उपबिजेता हुनेले १/१ लाख र तेस्रो हुनेले २५/२५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलका माध्यमबाट नेपाललाई स्वस्थ्य राख्न आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close