आइएसएफ समर गेम्समा बक्सर स्वस्तिका र नोर्बुले दिलाए स्वर्ण

पोखरा स्पोर्टस । नेपाली बक्सर बहराइनमा जारी आइएसएफ समर गेम्समा दुई स्वर्ण हात पारेको छ ।

नेपालका लागि महिला बक्सर स्वस्तिका तिरुवा र पुरुष तर्फ नेर्बु शेर्पाले स्वर्ण पदक दिलाएका हुन् ।

नोर्बुले आज (मंगलबार) साँझ बहराइनमा ब्राजिल विरुद्ध ८० किलो तौल समूहमा २ः३ को स्पिलिट निर्णयका आधारमा स्वर्ण पदक जिते भने महिलातर्फ स्वस्तिकाले ब्राजिलकी बक्सरलाई ५ः० को निर्णयमा पराजित गर्दै ५४ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

जारी प्रतियोगितामा टिम नेपालले थप दुई काश्य पदक समेत जितेको छ । सुर्यन वैद्य र रोहित जनालाले ४६ केजी तौलतर्फ काश्य पदक जितेका हुन् ।

टीम नेपाल आइबिए थ्री स्टार प्रशिक्षक दिपक महर्जनको नेतृत्वमा बहराइनमा जारी आइएसएफ समर गेम्समा सहभागिता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close